काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)ं कारोबार सुरु भएको एक घण्टामा सामान्य अंकले बढेको छ ।
कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक ५.५२ अंकले उकालो लागेर २७५६.५९ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार ०.२० प्रतिशतले बढेको हो ।
सो अवधीसम्म कारोबारमा आएका २१० कम्पनीको ३० लाख ७२ हजार ५२० कित्ता शेयर २२ हजार ७०२ पटकको कारोबारमा १ अर्ब ८३ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको शेयरमुल्य बढेको छ भने ७६ कम्पनीको शेयरमुल्य घटेको छ । १४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया