मलेशियामा खुल्यो रोजगारी , के कसरी र कहिलेसम्म जान पाउँछन ?

४ बर्ष अगाडि

काठमाण्डौ । कोरोना भाइरस महामारीपछि बन्द भएको विदेशी कामदार लिने कामलाई १६ महिनापछि मलेशियाको सरकारले खोलेको छ । 

कोभिड महामारीका कारण मलेशियाले विदेशी कामदार लिने प्रक्रिया बन्द गरेको थियो । 

सुरुमा पाम आयल उत्पादनका लागि हुने खेती तथा रबर ग्लब्सको उत्पादन लगायतका क्षेत्रमा कामदारलाई मलेशियाले स्वागत गर्नेछ । 

योसँगै नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको मलेशिया रोजगारीका लागि जाने बाटो नेपाली कामदारहरुका लागि समेत खुलेको छ ।

अन्य उद्योग तथा क्षेत्रका लागि तोकिने आप्रवासीका कामदारको कोटा तथा मलेशिया प्रवेश सुरु हुने मितिको विषयमा त्यहाँको सरकारले प्रष्ट खुलाइसकेको छैन । 

मलेशिया ग्लब्सदेखि आइफोनको पार्टस् निर्माणसँग सम्बन्धित उद्योगमा कानूनी रुपमा भित्रिएका २० लाख आप्रवासी कामदारप्रति निर्भर रहँदै आएको छ । 

गत महिना नै मलेशियन सरकारले कृषि कामदारको रुपमा ३२ हजार आप्रवासीलाई भित्र्याउने प्रक्रिया थालिने जनाएको थियो । पछिल्लो समय कामदार नहुँदा विश्वकै दोश्रो ठूलो पाम तेलको उत्पादक राष्ट« मलेशियाले निकै ठूलो जनशक्ति संकटको सकस भोगिरहेको छ । 

रबर ग्लब्स उद्योगहरुले समेत त्यहाँको सरकारसँग विदेशी कामदार भित्र्याउने कार्यको थालनीका लागि पहल गरिदिन आग्रह गर्दै आएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया