काठमाडौं - वैदेशिक रोजगारीका लागि साउदी अरब गएका विदेशी कामदारले एक वर्षको अवधि नपुग्दै शर्तसहित रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् ।
यसअघि वैदेशिक रोजगारीमा गएको मितिदेखि हालको रोजगारदातासँग कम्तिमा १२ महिना बिताएपछि मात्रै विदेशी कामदारले आफ्नो सेवा अर्को रोजगारदातालाई हस्तान्तरण गर्न सक्ने व्यवस्था थियो ।
अब रोजगारीका लागि उक्त मुलुक गएका विदशी कामदारले एक वर्षको समयावधिको पर्खाइ नगरी अर्को रोजगारदाता परिवर्तन गर्न सक्ने छन् । त्यसको लागि केही शर्त बन्देज भने लगाइएको छ ।
नयाँ व्यवस्था अनुसार रोजगारदाताले हालको रोजगारदाताको स्वीकृति पाएको अवस्थामा कुनै निश्चित अवधि नदिई आफ्नो सेवा अर्को रोजगारदातालाई हस्तान्तरण गर्न सक्नेछन् । परिमार्जित व्यवस्थाले निजी क्षेत्रका लागि साउदीकरण ९निताकत० कार्यक्रममा तोकिएका शर्तहरूको उल्लंघन नहुने गरी रोजगारदाता परिवर्तन गर्न पाइने छ ।
प्रतिक्रिया