काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता सूचिकृत हुने भएको छ । कम्पनीले सूचीकरणको आवेदन नेप्सेमा बुझाइसकेको छ । त्यसैले केही दिनभित्रै सेयर सुचिकृत हुनेछ ।
कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको थियो । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए ।
जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियो ।
प्रतिक्रिया