काठमाडौं - महिन्द्रा समुहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम –आइओनबाट सञ्चालित इलेक्ट्रिक थ्री ह्विलर अटो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
महिन्द्रा ट्रियो १० हजार भन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठुलो लिथियम आयोन प्लेटफर्म हो । नेपालको तराई क्षेत्रमा महिन्द्रा ट्रियो अटो बिक्री बितरणका लागी बुकिङ शुरु भएको छ । सो गाडी नेपालका लागी अग्नी इनर्जीले बिक्री बितरण गर्नेछ ।
महिन्द्रा ट्रियोले ग्राहकलाई प्रेटोल अटोको तुलनामा बार्षिक २ लाख बराबरको बचत गराउने कम्पनीले जनाएको छ । ट्रियो बिद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी हुने, अगाडी हाईड्रोलिक सक एब्जर्भर र पछाडी लिफ स्प्रिङको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
जसका कारण कच्ची सडकमा नउफ्रने, पूर्णरुपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अबस्था, गाडी चलाउने दायरा, गति, डा«इभ मोड संलग्नता, आदी सूचनाहरुको जानकारी गर्ने छ ।
प्रतिक्रिया