काठमाडौं - मंगलबार देशभर ६ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३७२ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ ।
कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १० हजार २ सय ९८ र एन्टीजेनबाट ९४ हजार २ सय १५ पुगेको छ । नेपालमा हाल १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया