छ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टाको अवधिमा छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावर,राधी विद्युत् कम्पनी,माउण्टेन हाइड्रो नेपाल,घलेम्दी हाइड्रोपावर, वेष्ट फाइनान्स र मैलुङ खोलाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 
 
ती छ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

बजार बढेसँगै ती छ ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ती छ  ओटा कम्पनीको शेयरमा विक्रेता शून्य रहेको छ भने क्रेता धेरै रहेका छन् । 

मैलुङ खोलाको शेयरमूल्य प्रतिकित्ता रू.४६८ दशमलव ६०, वेष्ट फाइनान्सको रू. ५३३ दशमलव ७०, घलेम्दी हाइड्रोको रू. ३६३, माउण्टेन हाइड्रो नेपालको रू. ४४०, राधी विद्युत् कम्पनीको रू. ६५३ दशमलव ४० र खानीखोला हाइड्रोपावरको रू. ३५३ दशमलव १० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया