सिभिल लघुवित्तले तोक्यो बुकक्लोज मिति, २० प्रतिशत लाभांश र एजिएम कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल लघुवित्त वित्तीय संस्थाले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुनेछ । यसआधारमा यसले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कम्पनीले करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
 
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि हुनेछ । 

साधारण सभा तथा लाभांश वितरणका लागि  सिभिलले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांशको हकदार हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया