पेटीएमले १६ हजार ६ सय करोडको आइपीओ निष्काशन गर्दै,सर्वसाधारणलाई १० % मात्र

४ बर्ष अगाडि

काठमाडौं, भारतको शेयर बजार नियामक निकाय सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले हालै मात्र पेटीएमलाई १६ हजार ६ सय करोडको आइपीओ निष्काशनको अनुमति दिएको छ । पेटीएमको आइपीओको आकार अनुमति दिइएको भन्दा न्यूनतम १ हजारदेखि २ हजार करोडले बढ्ने देखिएको छ । 

भारतको ठूलो आइपीओको रुपमा आउन लागेको पेटीएमले रोड शो गरेर आइपीओको प्रचार प्रसार गर्ने जनाएको छ । उक्त आइपीओमा सर्वसाधारणको लागि कुल निष्काशनको १० प्रतिशत मात्र हिस्सा सुरक्षित गरिएको छ ।

कम्पनीले ८ हजार ३ सय करोड रुपियाँको नयाँ शेयर र त्यही बराबरको अफर फर सेल (ओएफएस) को रुपमा जारी हुने छ । 

भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु) पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया