आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन ?

४ बर्ष अगाडि

आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन ?काठमाडौं, यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। 

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया