गोदावरीमा मेलमिलाप तालीम

७ बर्ष अगाडि

गोदावरी – गोदावरी नगरपालिकाले पुस २३ देखि ३० गतेसम्म १४ वडाका प्रत्येक दुई नागरिकलाई मेलमिलापसम्बन्धी तालीम दिने भएको छ । 

ललितपुरस्थित गोदावरीको हरेक वडामा पर्ने विवाद त्यहाँका क्षमतावान् नागरिकले वडामै मेलमिलाप गराउन सकून् भन्ने उद्देश्यका साथ सो तालीम दिन लागिएको हो । 

कम्तीमा एसईई उत्तीर्ण भई २५ वर्ष उमेरमाथिका कुनै राजनीतिक दलमा आबद्ध नभएका तथा विवादको छिनोफानो गर्न सक्ने क्षमता भएका ३० 
नागरिकले उक्त तालीममा सहभागी हुन पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । 

७ बर्ष अगाडि

प्रतिक्रिया