वैदेशिक रोजगारीका लागि विदेशी बाहिरिनेको संख्या बढ्यो, ६१ हजार नेपालीले लिए श्रम स्वीकृति

४ बर्ष अगाडि

काठमाडौं, चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा ६१ हजार नेपाली कामदारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार  संस्थागत कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण भई अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३८ हजार ४ सय ९२ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या २२ हजार ९ सय ७६ पुगेको बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९९.२ र ८६.५ प्रतिशतले घटेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया