काठमाडौं - कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कामनाले बुधबार कात्तिक १० गतेबाट बुक क्लोज गर्ने भएको छ । बैंकले यसपटक सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यसको साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश हुनेछ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
प्रतिक्रिया