दुई महिना रु.४१ अर्ब बढी थप धितोपत्र सूचीकृत, साधारण शेयर मात्र ३ अर्ब माथि हुदाँ अन्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेप्से सूचकाङ्क २८१२.३ पुगेको छ ।  गत आर्थिक वर्षको सो अवधीसम्ममा नेप्से परिसुचक १५४१.४ को बिन्दुमा रहेको छ ।

समीक्षा अवधीसम्ममा धितोपत्र बजार पुँँजीकरण रु.३९३५ अर्ब ७४ करोड पुगेको छ । गत आवको भदौमसान्तमा बजार पुँजीकरण रु.२०४९ अर्ब २८ करोड रहेको थियो ।

यस्तै, चालु आवको भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल,५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.१प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.६ प्रतिशत, लगानी कम्पनीको ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ भदौसम्ममा सूचीकृत ५ अर्ब ८८ करोड शेयरको चुक्ता मूल्य रु.५७८ अर्ब २१ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को दोस्रो महिनासम्ममा रु.३३ अर्ब ३ करोड बराबरको डिबेन्चर, रु.३ अर्ब ८ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब २८ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४१ अर्ब १२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब ५८ करोड बराबरको साधारण शेयर र रु.२४ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४ अर्ब ८२ करोड बराबरको धितोपत्र
सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया