काठमाडौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३९ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३९.६७ गुणाले बढी हो।
गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओमा आज कात्तिक ८ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो हिसाबले यो आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ। गोलाप्रथाबाट भाग्य मानी ६७ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
सामलिङ्ग पावरको आईपीओ बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया