काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ८६४ जनामा गरिएको परीक्षणमा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ८ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३६१ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ भने केस फर्टिलिटी दर १.४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया