काठमाडौं, नेपालका लागि दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत जे एस डेबेलेले यहीं कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गरे ।
उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति थियो । नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता गरेका थिए ।
प्रतिक्रिया