काठमाडौं, सोमबार पनि शेयर बजारमा रौनकता देखिएको छ ।
कारोबारको दोस्रो दिन सोमाबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेको छ । नेप्से ३.३९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
१६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स र हाइड्रोपावर उपसमूह बढेको छ । सबैभन्दा बढी फाइनान्स र हाइड्रोपावर तथा निर्जीवन बिमा समूहहरु सबैभन्दा बढी वृद्धि भएका छन् ।
प्रतिक्रिया