आफू सभापतिको स्वभाविक उम्मेदवार रहेको पौडेलको दावी

४ बर्ष अगाडि

काठमाडौं - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक उम्मेदवार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे ।

आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफनो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने पौडेलले दावी गरे ।

नेता पौडेलले गठबन्धनको नेतृत्व गर्दै सरकारमा सहभागी भए पनि आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने स्पष्ट पारे । पार्टी अधिवेशन अघि बढाउने विषयमा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आफुले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने पनि उनले बताए ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया