काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।
कारोबार खुलेको एक घण्टामा परिसुचक ३४.८९ अंकले उकालो लागेर २६१९.५० को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार १.३५ प्रतिशतले बढेको हो ।
सो अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको १७ लाख ७१ हजार २८२ कित्ता शेयर १२ हजार ५६६ पटकको कारोबारमा ९२ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १६१ कम्पनीको शेयरमुल्य बढेको छ भने १५ कम्पनीको शेयरमुल्य घटेको छ । ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया