प्रमुख जिल्ला अधिकारी सहित सर्लाहीका तीनजना सुरक्षाप्रमुख जिम्मेवारीबाट हटाइएका छन् । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि उनीहरु कारबाहीमा परेका हुन् ।
गृह मन्त्रालयका अनुसार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई कारबाही स्वरुप जिम्मेवारीबाट हटाइएका हुन् ।
प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।
सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रेष्ठलाई हटाएर एसपी भरत खनियाँलाई पठाइएको हो ।
प्रतिक्रिया