कारोबार खुलेको ५ मिनेटमै बेष्ट फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - कारोबार खुलेको पाँच मिनेटमा बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ४८५ दशमलव २० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग १ लाख ३३ हजार १४० कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया