प्रि-ओपन सेसन : नेप्से परिसुचक ४.१४ अंकले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन आज सोमबार प्रि(ओपन सेसनमा नेप्से परिसूचक ४.१४ अंक बढेको छ ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ हजार ५८८.७५ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १८ कम्पनीको ६ हजार १६९ कित्ता शेयरको रू. २८ लाख ६६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको रू. १८ लाख १९ हजार बराबरको भएको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर समेत गरेर वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया