कतारमा नेपाली कामदारका लागि वैदेशिक रोजगारको अवसर, मासिक तलब ८० हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - कतारको एक central project engineering services and trading कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको कम्पनीले १०० जना पुरुष कामदारको माग गरेको हो । 

यून्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३२ हजार माथिदेखि ८० हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालीको कार्यालय लाजिम्पाट काठमाडौंमा कार्तिक १३ र १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया