कुमारी बैंक र गुराँस लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कुमारी बैंकको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९०६४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४८ रूपैयाँ ९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया