काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ ।
निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइतबारसम्ममा १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३१।१३ गुणा बढी हो । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
आईपीओमा आइतबारसम्म कुल २ करोड बढी कित्ता शेयर माग भएको छ ।सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म उक्त आईपीओमा १७ लाख ५८ हजार ४५० आवेदकबाट कुल २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर माग भएको छ । जुन मागभन्दा ३१.१२ गुणाले बढी हो ।
प्रतिक्रिया