काठमाडौं - वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमा दुर्व्यवहार भएको छ ।
आइतबार बिहान कार्यालय खुलेको केही समयमा आफुलाई सेवाग्राही भन्दै आएका श्यामबहादुर सापकोटाले महानिर्देशक काफ्लेको कार्यकक्ष प्रवेश गरी ८० लाख नेपालीलाई विदेशमा बिचल्लीमा पार्ने हो रु भन्दै गालीगलौज र अभद्र व्यवहार शुरू गरी हातपातको स्तरमा उत्रिन खोजेको विभाग स्रोतले जनाएको छ ।
महानिर्देशकको कार्यकक्षमा चर्काचर्की भएको आवाज आएपछि विभागमा रहेको प्रहरीले सापकोटालाई पक्राउ गरेको छ । सापकोटालाई कानूनी कारबाहीका लागि महानगरीय बृत नयाँ बानेश्वरको हिरासतमा राखेको विभाग स्रोतले जानकारी दिएको छ ।
विभागका प्रवक्ता कमल ज्ञवालीले घटनाक्रम हेर्दा विभागमा गुनासो लिएर आएको नभई महानिर्देशकमाथि अभद्र व्यवहार गर्ने योजनावद्ध उद्देश्यसहित आएको देखिएको बताए ।
वैदेशिक रोजगार व्यवसायीहरूले महानिर्देशक काफ्लेमाथि भएको दुर्व्यवहारको निन्दा र भत्र्सना गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले महानिर्देशकको कार्यकक्षमा प्रवेश गरी आक्रमणको प्रयास भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको टिप्पणी गर्दै घटना निन्दनीय भएको बताए ।
प्रतिक्रिया