आफ्नै मैदानमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको गोलको वर्षा,  एल क्लासिकोमा रियल मड्रिडले हरायो बार्सिलोनालाई

४ बर्ष अगाडि

काठमाडौं - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । नेबी केइटा र डिएगो जोटाले एकरएक गोल गरे । खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरेका हुन् ।  

यता स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एकरएक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे ।खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई २–० को अग्रता बनाए । बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे ।

जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।मान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया