काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रम मन्त्रीस्तरीय ‘आबुधाबी डायलग’ मा सहभागी हुन आइतबार दुबई प्रस्थान गरेको छ ।
श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि पनि सहभागी हुनेछन् ।
यही कात्तिक १२ गतेसम्म हुने डायलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल रहेका छन् ।
प्रतिक्रिया