काठमाडौं- सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज आइतबारसम्म कुल २ करोड बढी कित्ता शेयर माग भएको छ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ५८ हजार ४५० आवेदकबाट कुल २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ३१.१२ गुणाले बढी हो।
गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। यो आईपीओको भोलि कात्तिक ८ गते सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया