काठमाडौं, साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रीमा ल्याएको आईपीओ यहि साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यहि साता भित्रै कम्पनीको शेयर नेप्सेमा सूचीकरण गराउने जनाएको हो ।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको थियो ।
कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर असोज १७ गते बाँडफाँट भएको थियो ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म ओपनिङ्ग रेन्ज प्रदान गर्न सक्नेछन् ।
त्यस अनुसार कम्पनीको पहिलो शेयर कारोबारको लागि न्यूनतम १५७ रुपैयाँ देखि ४७२ रुपैयाँ तोक्न सक्ने देखिन्छ ।
प्रतिक्रिया