पछिल्लो २४ घण्टामा ५५७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु र निको हुनेको दर कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ५६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार १५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ भने केस फर्टिलिटी दर १.४ प्रतिशत रहेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया