काठमाडौं, साताको पहिलो कारोबार दिन(आइतबार) नेप्से साढे २७ अंक बढेकोे छट । अघिल्लो कारोबार दिन १४.७० अंक घटेर २५५६.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन २७.५१ अंक घटेर २५८४.५२ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ७.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक बढेको छ। यस दिन २२५ कम्पनीको ३८ हजार १४७ पटकको कारोबारमा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको ५८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन रिलायन्स फाइनान्स, बरुण हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मानुसी लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मेरो माइक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशत घटेको छ।
यस दिन १३ उपसमूहको परिसूचकमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको सर्वाधिक ४.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३.२४ प्रतिशत, जलविद्युतको २.५२ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्तको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आईसीएफसी फाइनान्सको शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया