काठमाडौं - विश्व खेलकुदमा आज महाभिडन्त हुँदैछ । संयुक्त अरब इमिरेट्स (युइए) र ओमानमा जारी आइसिसी टि ट्वान्टीको सुपर १२ मा चिरप्रतिद्वन्द्वि भारत र पाकिस्ताबीच खेल हुँदैछ ।
जारी विश्व कपमा दुवै टोलीको यो पहिलो खेल हो । पछिल्लो विश्व कपमा पनि यि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा भारत ६ विकेटले विजयी भएको थियो । शनिबारको खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ ।
भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी दुईबीचको खेलमा चासो बढेको हो । भारतीय टोली हार्न चाहँदैन भने पाकिस्तानी टोली भारतीय टोलीलाई हराएर खुसी मनाउन चाहन्छ । किनभने टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हरेक खेलमा हराएको छ । पाकिस्तानले भने अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।
यो फरम्याटमा मात्र होइन ५० ओभरको फरम्याटको विश्वकपमा पनि भारतले पाकिस्तानविरुद्ध खेलेको सातै खेल जितेको छ । टी–२० विश्वकपमा यी दुईबीचको भिडन्तमा ५ खेल भएका छन् । पाँचै खेलमा भारतले बाजी मारेको छ । झन्डै पाँच वर्षपछि यि दुई टोलीबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया