५० हजार बढि नगद सहित ९ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाबाट प्रहरीले नगद रकमसहित आइतबार बिहान नौजना जुवाडेलाई पक्राउ गरेको छ ।
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार स्थानीय नरेन्द्रबहादुर ठगुन्नाको घरमा जुवा खेल्दै गरेकाहरूबाट ५० हजार ४६० नगद रकम बरामद गरिएको छ ।

होहल्ला गरी जुवा खेल्दै गरेका नारदसिंह ठगुन्ना, नरेन्द्र ठगुन्ना, लक्ष्मण खड्का, सोवानसिंह धामी, राजेन्द्र चौधरी, कर्णबहादुर बम, दिनेश कठायत, डम्बरसिंह जाग्री र अक्कल धानुकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्येका नारद ठगुन्ना नेपाली कांग्रेस निकट तरुण दलका नगर सभापति हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया