काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार रिदी हाइड्रोपावरको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु. ६१.९० ले बढेर प्रतिकित्ताको मुल्य रु. ६८०.९० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६६ हजार ४८० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ८९ कित्ता रहेको छ ।
प्रतिक्रिया