दुवईमा सेक्यूरेटी, क्लिनर र स्टिल फिक्चरमा रोजगारीको अवसर, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - दुवईको तीन कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुवईको युएई सहरमा रहेको afritex clothing fzco कम्पनीले गारमेन्ट स्टोरका लागि १५ जना पुरुष र १५ जना नेपाली कामदारको माग गरेको छ । 

यस्तै दुवई सहरमा रहेको classic emplyment demand services कम्पनीले स्टिल फिक्चरका लगि ५० जना  र लेवरका लागि ५० जना पुरुष कामदारको माग गरेको छ । साथै दुवई सहरमै रहेको federal security services कम्पनीले सेक्यूरेटि गार्डका लागि २४ जना पुरुष कामदार र ४ जना महिला कामदार गरी जम्मा १६० नेपाली पुरुष महिला कामदारको माग गरेको छ । 

यून्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित २६ हजार माथिदेखि ३९ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले शिवाकोटी मेनपावर सर्भिस  प्रालीको कार्यालय सामाखुसी काठमाडौंमा कार्तिक १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया