काठमाडौं, कोरोनाकाल विश्वभरका सेयर बजारमा सुरुआती चरणमा गिरावट आए पनि पछि बढोत्तरी भएका छन्। अन्य क्षेत्र सुस्ताउँदा सेयर बजारमा चमक आएको थियो।
भारतमा पनि कोरोनाको पहिलो लहरमा अधिकांश कम्पनीका सेयरमा गिरावट आएको थियो। तर केही कम्पनी मल्टीब्यागर स्टक सावित भए । जसको भाउ केही रुपैयाँबाट बढेर हजारौँमा पुगेको छ।
यस्तै एउटा सेयर हो गोपाला पोलिप्लास्ट। जुन गत वर्ष भारु ४.४५ सम्म कारोबार भएको थियो। तर, गत अक्टोबर २२ मा यो कम्पनीको सेयरभाउ भारु ९९८.४५ पुगेको छ।
केवल एक वर्षमै यो कम्पनीको सेयरमा सेयरधनीहरुले २२३३७ प्रतिशतसम्म रिटर्न पाएका छन्।
त्यसो त यो कम्पनीको सेयरभाउ भारु १२८६.९५ सम्म पुगेको थियो।
नाफाकै हिसाब गर्ने हो भने यदि कुनै लगानीकर्ताले न्यून मूल्यमा १ लाख रुपैयाँ लगानी गरेका थिए भने आजको भाउमा उसले किनेको सेयरको मूल्य भारु २ करोड २४ लाख पुगेको छ।
यसैगरी यदि कुनै लगानीकर्ताले यो कम्पनीको सेयर उच्च मूल्य भारु १२८६.९५ मा बेचेका थिए भने तिनले २८९ गुणा रिटर्नका साथ १ लाखको लगानीलाई भारु २ करोड ८९ करोडसम्म बनाउन सफल भएको देखिन्छ।
प्रतिक्रिया