काठमाडौं, करिब ६ महिना रोकिएको नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी शुक्रबारसम्म खुल्ने निश्चित भएको छ। गत हप्ता नै खुलाउने भनेपनि प्राधिकरणले सम्भव नभएपछि विभागले यो हप्ता लाइसेन्स आवेदन खुलाउने भएको हो।
काठमाडौं उपत्यकाका यातायात कार्यालयहरुमा पुराना बाँकी रहेका प्रयोगात्मक ट्रायल परीक्षाको चापका कारण लाइसेन्स आवेदन खुलाउन दुई महिना होल्ड गरेको थियो।
बाँकी सेवाग्राहीको ट्रायल सकेपछि मात्रै नयाँ आवेदन खुलाउने भनेपनि चौतर्फि दबावका करण छिटै आवेदन लिने निर्णयमा यातायात व्यवस्था विभाग पुगेको हो।
गत बैशाखमा कोरोना भाइरसका कारण लकडाउन भएपछि सवारी अनुमति पत्र आवेदन बन्द भएको थियो। नयाँ लाइसेन्स लिन चाहने लाखौं सेवाग्राही प्रतिक्षारत छन् भने पुराना पेन्डिङ रहेका प्रयोगात्क परीक्षार्थीपनि आधा बाँकी नै रहेको यातायात व्यवस्था विभागले जनाएको छ।
अहिलेसम्म यातायात कार्यालयहरुमा लाइसेन्स आवेदन लिइएको छैन। गत वर्षपनि कोरोनको कारण ४ महिना सञ्चालन भएर ट्रायल परीक्षा र लाइसेन्स आवेदन बन्द भएको थियो।
कोरोना संक्रमणपनि घट्दै गएको कारण लाइसेन्सका सबै सेवा अब नियमित रुपमा सञ्चालन हुने विभागको भनाई छ।
प्रतिक्रिया