काठमाडौं - कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन् ।
गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल दार्चुलाको महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए ।
तर, शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् । कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएको तर उनी एमालेमा प्रवेश गरे नगरेकोबारे जानकारी नभएको कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले बताएका छन् ।
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया