सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको कारोबार आजदेखि

४ बर्ष अगाडि

काठमाडौं,  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजनाको इकाई आजदेखि कारोबार भएको छ।

यस योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमार्फत खरिदबिक्री गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

कारोबारका लागि काउण्टर आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म खुला हुनेछ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरिदबिक्री बन्द हुने क्यापिटलले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया