काठमाडौं - जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको शिन्साकुरा कम्पनीले कन्स्ट्रक्सनका लागि ३ जना नेपाली पुरुष कामदारको मा गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब एक लाख ७८ हजार माथि पाउँनेछन् । खाने बस्नेको व्यावस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले ग्रान्ड स्वीट जब प्रालीको कार्यालय कोटेश्वर काठमाडौंमा कार्तिक १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया