काठमाडौं - नेकपा एमालेको वडा अधिवेशन धेरैजसो ठाउँमा शनिवार सम्पन्न भएको छ । एमालेले यस पटक युवाहरूलाई निकै अगाडि सारेको पाइएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा उमेरले केवल १९ वर्षकी झरना चौधरी वडा सचिवमा सर्वसम्मत रुपमा चयन भएकी छिन् । रूपन्देही निर्वाचन क्षेत्र ५ का धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभाका सांसद नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको एकसाथ उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वाड कमिटी अध्यक्ष भएका छन । उनी सानै उमेरमा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन् ।
यस्तै नगरपालिका वाड न ६ मा १९ वर्षीया झरना चौधरी वडा सचिव बन्दा राजनीतिमा युवा पुस्ताको चासो बढेको भन्दै सबैजना हौसिएका छन ।
प्रतिक्रिया