काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुको बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले सानिमाको १७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने माछापुच्छ्रेको १३.३० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सानिमाको शेयरमूल्य ४१७ रुपैयाँ ७८ पैसा र माछापुच्छ्रेको ३२२ रुपैयाँ ७ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। गत बिहीबार सानिमा बैंकको शेयर प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रेको ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
आइतबार सोही समायोजित मूल्यलाई आधार मानेर यी दुबै बैंकहरुको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया