कुवेतमा महिला र पुरुष गरी ७५० कामदारको माग, मासिक तलब र अन्य सुविधा के कति ?

४ बर्ष अगाडि

काठमाडौं, कुवेतको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेतमा रहेको उयधभच अभिबलष्लन कभचखष्अभक बलम दगष्मिष्लन mबष्लतभलबलअभ कम्पनीले १५० महिला र ६०० पुरुष कामदार गरी जम्मा ७५० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३३ हजार माथि देखि ४९ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले गोरखा ह्यूमन रिसोर्स सोलुसन प्रालीको कार्यालय पुल्चोक ललितपुरमा कार्तिक १२ देखि १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ 

४ बर्ष अगाडि

प्रतिक्रिया