काठमाडौं, दशैंपछिको पहिलो साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
अघिल्लो साता २६३९.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.१२ प्रतिशत अर्थात ८२.४३ अंक घटेर २५५६.९५ विन्दुमा झरेको छ। यस साता सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ६.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७१ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। अघिल्लो साता दैनिक औषतमा ४ अर्ब ६ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औषतमा २ अर्ब ७१ करोडको मात्र शेयर खरिदबिक्री भएको छ।
यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि घटेको छ। अघिल्लो साता ३६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब १५ अर्ब घटेर ३५ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ।
१३ उपसमूहका परिसूचकमध्ये यस साता दुई उपसमूहको परिसूचक मात्र बढेको छ। यस साता अन्य र व्यापार उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक घटेका छन्। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशत बढेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। यस साता सो उपसमूहको परिसूचक ५२.५३ अंक बढेर १७१२.७१ विन्दुमा बन्द भएको छ।
यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ५८४.०६ अंक घटेको छ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता साना किसान विकास लघुवित्त, नेपाल दूरसञ्चार कम्पनी, रसुवागढी हाइड्रोपावर लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा ग्लोबल आइएमई समुन्नत स्किम १, आशा लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका स्टकहरु परेका छन्।
प्रतिक्रिया