ओमानमा रोजगारीको अवसर, २ सय ८५ जना नेपाली कामदारको माग

४ बर्ष अगाडि

काठमाडौं,  ओमानको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ ।  ओमानमा रहेको KALHAT SERVICES & TRADING LLC कम्पनीले २ सय ८५ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Distiny human resource nepal pvt.ltd  तिनकुने, काठमाडौं कार्तिक १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया