नेपाल र प्रचण्ड गएपछि पार्टी शुद्धिकरण भयो : ओली

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको बताएका छन् । 

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको बताएका हुन् ।  

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया