यूएईमा वैदेशिक रोजगारको अवसर, ३७१ नेपाली पुरुष महिला कामदारको माग

४ बर्ष अगाडि

काठमाडौं - यूएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको दुबाई सहरमा रहेको power cleaning services and building maintenance कम्पनीले ३५३ जना पुरुष कामदार र १८ जना महिला कामदार गरी जम्मा ३७१ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित २९ हजार माथि पाउनेछन् । इच्छुक कामदारले गोरखा ह्यूमन रिसोर्स सोलुसन प्रालीको कार्यालय पुल्चोक ललितपुरमा कार्तिक १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया