काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले 'इक्रा आईआर त्रिपल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।
कम्पनीले यसअघि नै हकप्रद निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया